+
+
Shares

जापान पठाउने भन्दै ११५ जनाबाट करिब ३ करोड ठगी

जापान पठाउने भन्दै करिब ११५ जनाबाट करिब ३ करोड ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रतीक बुढाथोकी पक्राउ परेका छन् ।
  • ललितपुरका २९ वर्षीय बुढाथोकीलाई प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
  • उनी गेट्बाई इन्टरनेशनल प्रालिका सीईओ हुन् र उनीविरुद्ध वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी गरेको थियो ।

२६ साउन, काठमाडौं । जापान पठाउने भन्दै करिब ११५ जनाबाट करिब ३ करोड ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ का २९ वर्षीय प्रतीक बुढाथोकी छन् । उनलाई बुटवलबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । बुढाथोकीले जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी गरेको आरोप छ । यो कसुरमा उनीविरुद्ध वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएको थियो ।

उनी गेट्बाई इन्टरनेशनल प्रालिका सीईओ रहेको प्रहरीले बताएको छ । उनीविरुद्ध वैदेशिक ठगीको कसुरमा अनुसन्धान अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?