News Summary
Generated by OK AI. Editorially reviewed.- गायक अर्जुन सापकोटाले कथानक फिल्म ‘ककाकिकी’को शीर्ष गीत गाउँदै पार्श्वगायनमा डेब्यू गरेका छन् ।
- सन्तोष सापकोटाको शब्द रहेको सो गीतमा गायक सापकोटासँगै मेलिना राईको स्वर समावेश छ ।
- निर्देशक विक्की अग्रवालले फिल्मको पोस्ट प्रोडक्सन काम अन्तिम चरणमा पुगेको र शिर्ष गीत यो साता सार्वजनिक हुने जानकारी दिएका छन् ।
काठमाडौँ । गायक अर्जुन सापकोटाले पार्श्वगायनमा डेब्यू गरेका छन् । १९ भदौदेखि प्रदर्शन तयारीमा रहेको कथानक फिल्म ‘ककाकिकी’को शीर्ष गीतमा उनको स्वर समावेश छ ।
सापकोटाकै संगीत तथा हुकलाइन रहेको गीतमा उनले मेलिना राईसँग गायनमा सहकार्य गरेका छन् । शब्द सन्तोष सापकोटाको छ । गीतको छायांकन सकिएको निर्देशक विक्की अग्रवालले बताए ।
गत बुधबार काठमाडौंबाट उत्तरमा पर्ने जर्सिङ पौवामा गीत खिचिएको छ । कथाअनुसार गाउँमा भइरहेको सेलिब्रेसनको दृश्य खिचिएको प्रेषित विवरणमा उल्लेख छ ।
गीतमा गौरी मल्ल, तृप्ती नाड्कर, रेखा थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, खड्ग पुनको अभिनय छ । गायक समेत रहेका सापकोटासहित पवित्रा साँकी, सजिना खनाल र निश्चल खड्काको पनि नृत्य छ । नृत्य निर्देशन मिङ्मा लेप्चाको छ ।

निर्देशक अगरवालका अनुसार फिल्मीको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ । उनका अनुसार शिर्षगीत यहि साताको अन्तिमतिर सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
फिल्ममा भने दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, विजय अधिकारी, सरोज भण्डारी, सृजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटाको अभिनय छ ।
छायांकारमा सुदीप बराल छन् । सरोज भण्डारी र विकास अर्यालले पटकथा लेखेका हुन् । श्रद्धा प्रसाईं र सुमित्रा थापा लगानीकर्ता हुन् ।
प्रतिक्रिया 4