News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पूर्व सभापति शेरबहादुर देउवालाई पार्टीभित्र अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेकी छन् ।
- उनले पार्टीका असन्तुष्ट पक्षलाई अहंकार त्यागी एकताका लागि सहभागी हुन र पदका लागि नलड्न सुझाव दिएकी छन् ।
- कांग्रेसमा गगन थापा सभापति भएपछि युवाको आकर्षण बढेको भन्दै उनले सभापतिको कार्यशैलीको प्रशंसा गरेकी छन् ।
२९ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य सुजाता कोइरालाले पूर्व सभापति शेरबहादुर देउवालाई अभिभावकीय भूमिकामा बस्न आग्रह गरेकी छन् ।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार बोल्ने क्रममा कोइरालाले असन्तुष्ट पक्षलाई अहंकार छोड्न आग्रह गरिन् ।
‘इतरपक्षका साथीहरुलाई अनुरोध गर्छु– अब अहंकार छाडेर सहभागी हुनुस् । शेरबहादुर देउवाजी अभिभावकको रोल प्ले गर्नुस यदि तपाइहरुमा राष्ट्रप्रतिको जिम्मेवारी छ भने त्याग गर्नुस् । एकता गर्नुस् । पदका लागि नलडौं,’ उनले भनिन् ।
कांग्रेस बलियो हुँदै गएको बेलामा षडयन्त्र हुने गरेको पूर्व सभापति गिरिजाप्रसाद कोइरालाले भन्ने गरेको सुनाउँदै नेतृ कोइरालाले भनिन्, ‘कांग्रेस जब जब बलियो र लोकप्रिय हुन्छ यो विरुद्व षड्यन्त्र हुन्छ भनेर भन्नुभएको थियो, अहिले,त्यस्तै भएको छ ।’
सभापति गगन थापाले पार्टी कसरी चलाउनु होला भनेर आफूलाई सुरुमा चिन्ता लागेको तर अहिले धेरै राम्रो तरिकाले पार्टी चलाएको कोइरालाले बताइन् ।
‘नेपाली कांग्रेसमा गगन थापा सभापति भए पछि युवाको आकर्षण बढेको छ । सभापति सवै प्रति लचिलो र जिम्मेवारी रुपमा प्रस्तुत हुनुभएको छ । प्रशंशनीय कार्य गर्नुभएको छ,’ उनले भनेकी छिन् ।
प्रतिक्रिया 4