+
+
Shares

मधेशको पछिल्लो घटना ट्रेलर मात्रै हो, फिल्म सुटिङ बाँकी नै छ : पूर्णबहादुर खड्का

उनले भने, ‘त्यसलाई रोक्न सकेनौं भने मधेशमा हालै भएको जातीय द्वन्द्वको घटनाले देशलाई थर्थर बनाएको अवस्था छ । मेरो अन्तरात्माले भन्छ, त्यो ट्रेलर हो । फिल्म सुटिङ हुनै बाँकी छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले तराई–मधेशमा भएको जातीय द्वन्द्वको घटनालाई केवल ट्रेलर भएको र वास्तविक फिल्म सुटिङ हुन बाँकी रहेको टिप्पणी गरेका छन्।
  • खड्काले मुलुकको राष्ट्रियता संकटमा परेको भन्दै सो जोगाउन नेपाली कांग्रेस एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
  • उनले पार्टी एकताबद्ध नभए भदौ २४ भन्दा भयावह स्थिति आउन सक्ने चेतावनी दिँदै राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध बनाएर अघि बढ्न सुझाव दिएका छन्।

२९ साउन, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता पूर्णबहादुर खड्काले तराई–मधेशमा भएको पछिल्लो घटना ट्रेलर मात्रै भएको जिकिर गर्दै फिल्म सुटिङ हुनै बाँकी रहेको जिकिर गरेका छन् ।

शुक्रबारबाट सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्ता घटनाबाट जोगिनका लागि कांग्रेस एकताबद्ध हुनुपर्ने बताए ।

‘हामीले २४ गते सम्झियौं भने हाम्रो सभापतिलाई मार्न मात्रै बाँकी राखी त्यो दिनबाट सुरु भएको रोडम्याप जारी छ । चाहे विशेष महाधिवेशनको नाममा होस्, चाहे २१ फागुनको चुनावको नाममा होस्,’ उनले भने, ‘त्यसलाई रोक्न सकेनौं भने मधेशमा हालै भएको जातीय द्वन्द्वको घटनाले देशलाई थर्थर बनाएको अवस्था छ । मेरो अन्तरात्माले भन्छ, त्यो ट्रेलर हो । फिल्म सुटिङ हुनै बाँकी छ ।’

साथै, उनले  सबै राष्ट्रवादीलाई एकताबद्ध बनाएर छिमेकीसँग ध्यान पुर्‍याएर अघि बढ्न कांग्रेसकै आवश्यकता रहेको बताए ।

‘नेपालको राष्ट्रियतामा खतरा छ । त्यसलाई जोगाउनका लागि पहिलो शर्त हो नेपाली कांग्रेसको एकता । नवीन, संघीन जिम्मेवारीमा नेपाली कांग्रेस उभिएको छ,’ उनले भने, ‘यदी हामीले सबै राष्ट्रवादीलाई एकताबद्ध बनाएर हामीले हाम्रा छिमेकीसँग ध्यान पुर्‍याएर अघि बढ्न सकेनौं भने भदौ २४ भन्दा ठूलो स्थिति आउने देखिन्छ । त्यसका लागि कांग्रेस एकताबद्ध हुन जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?