News Summary
Generated by OK AI. Editorially reviewed.- एभरेस्ट वुमन्स भलिबल लिगको तेस्रो संस्करण आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंको दशरथ रङ्गशाला कभर्डहलमा आयोजना हुने भएको छ।
- प्रतियोगिताका लागि नेपाल भलिबल सङ्घले आधिकारिक स्वीकृति प्रदान गरेसँगै आयोजकले तयारी कार्य औपचारिक रूपमा अघि बढाएको जानकारी दिएका छन्।
- महिला भलिबलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित अघिल्ला संस्करणभन्दा भव्य र व्यवस्थित रूपमा लिग सञ्चालन गर्ने तयारी भइरहेको छ।
३० साउन, काठमाडौं । एभरेस्ट वुमन्स भलिबल लिग (ईडब्लुभी) को तेस्रो संस्करण आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।
आयोजकले तेस्रो संस्करणको औपचारिक मिति घोषणा गर्दै प्रतियोगिता अक्टोबर १ देखि १० अर्थात् असोज १५ देखि २४ गतेसम्म दशरथ रंगशाला कभर्डहलमा सञ्चालन हुने जनाएको हो ।
प्रतियोगिताको उक्त मितिलाई नेपाल भलिबल संघले समेत आधिकारिक स्वीकृति प्रदान गरेको आयोजकले जनाएको छ । स्वीकृतिसँगै लिगको तेस्रो संस्करणका लागि आवश्यक तयारी औपचारिक रूपमा अघि बढाइएको छ ।
अघिल्ला दुई संस्करणको सफलता र बढ्दो लोकप्रियतापछि तेस्रो संस्करणलाई अझ भव्य, प्रतिस्पर्धात्मक र व्यवस्थित बनाउने तयारी भइरहेको आयोजकले जनाएको छ ।
लिगले महिला भलिबल खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको मञ्च प्रदान गर्दै नेपालमा महिला भलिबलको विकास र खेलाडीको क्षमता अभिवृद्धिमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
यसअघि शुक्रबार पुरुष फ्रेन्चाइज भलिबल लिग नेपाल भलिबल लिग (एनभीएल) को मिति पनि सार्वजनिक भएको थियो । जसअनुसार एनपीएल भदौ १९ देखि २७ सम्म हुनेछ ।
प्रतिक्रिया 4