+
+
Shares

पछिल्लो २४ घण्टामा स्याङ्जा, बर्दिया, दाङ र प्युठानमा धेरै भारी वर्षा

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै स्याङजामा १४० मिमिलिटर वर्षा रेकर्ड भएको छ भने बर्दियाको राजापुरमा २३७ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते ६:५२

३१ साउन, काठमाडौं । गएको २४ घण्टामा सबैभन्दा धेरै वर्षा स्याङजामा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्याङजामा यो अवधिमा १४० मिमिलिटर वर्षा रेकर्ड भएको छ ।

यसलाई धेरै भारी वर्षा भएको भनिन्छ । धेरै भारी भन्नाले २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनु हो । २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनलाई भने अति भारी वर्षा भएको मानिन्छ । सोही अवधिमा ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई भारी वर्षा भएको मानिन्छ ।

यस्तै पछिल्लो २४ घण्टामा बर्दियाको राजापुरमा १३७ मिलिमिटर वर्षा भएको छ भने दाङको नयाँबस्ती स्टेशनमा १२४.२ मिलिमिटर र प्यूठानको सेउलीबाङमा १२२.६ मिलिमिटर एवं दाङको गढवामा १०३ मिलिमिटर वर्षा भएको छ । यो पनि धेरै भारी वर्षा हो ।

आज पनि देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसका कारण देशका केही ठाउँमा धेरै भारी वर्षा भइरहेको ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भने धेरै भारी वर्षासमेत हुनसक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम हुनसक्ने महाशाखाले जनाएको छ ।

वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा महाशाखाबाट जारी हुने सूचनामा अद्यावधिक भइरहन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?