News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल कराते महासंघबीच विद्यालयस्तरमा करातेको प्रवद्र्धन, विकास र विस्तारका लागि सम्झौता भएको छ ।
- मंगलबार आयोजित कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
- यस सहकार्यले एनएसएसएफ र अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट फेडेरेसनका प्रतियोगितामा करातेको सहभागिता प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।
२ भदौ,काठमाडौं । नेपाल विद्यालय खेलकुदमा महासंघ (एनएसएसएफ) र नेपाल कराते महासंघबीच सम्झौता भएको छ । मंगलबार आयोजित एक कार्यक्रमम नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
यस सहकार्यले विद्यालयस्तरमा करातेको प्रवद्र्धन, विकास र विस्तार गर्दै एनएसएसएफ तथा अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट फेडेरेसन (आईएसएफ) का प्रतियोगिताहरूमा यसको सहभागितालाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको एनएसएसएफका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।
यस्तै यो सम्झौता नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा करातेको विकास र विस्तारका लागि महत्वपूर्ण कदम भएको कार्कीले बताए ।
विद्यालय खेलाडीहरूका लागि ग्रासरुट विकास, नियमित प्रतियोगिता, प्रतिभा पहिचान, समान अवसर र अन्तर्राष्ट्रिय अनुभव मार्फत अनुशासित, आत्मविश्वासी र भविष्यका च्याम्पियन खेलाडी उत्पादनमा जोड दिइने महासचिव कार्कीले बताए ।
प्रतिक्रिया 4