News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाको सिंहदरबारस्थित बैठक लम्बिँदा प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन।
- रास्वपा सभापति रवि लामिछानेले सांसद र मन्त्रीलाई एकै ठाउँमा राखेर संसदीय मर्यादा र शैलीबारे छलफल गरिरहेका छन्।
- दिउँसो १ बजे बस्ने भनिएको संसद् बैठक अझै सुरु भएको छैन।
३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक लम्बिँदा प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ ।
रास्वपा सभापति रवि लामिछानेले पार्टीका सांसदहरू र मन्त्रीहरूलाई एकै ठाउँमा राखेर संसदीय मर्यादा र शैलीबारे छलफल गरिरहेका छन् । यो बैठक सिंहदरबारस्थित कार्यालयमा रास्वपा संसदीय दलको बैठक जारी छ ।
संसदीय दलको बैठकमा रास्वपा संसदीय दलका नेता प्रधानमन्त्री बालेन शाह भने सहभागी भएनन्।
रास्वपाको बैठक सिंहदरबारमा जारी रहेकोले प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेको हो ।
दिउँसो १ बजे बस्ने भनिएको संसद् बैठक अझै सुरु भएको छैन ।
आजको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
साथै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
रास्वपा संसदीय दलले नै संसद् बैठकमा समयमै उपस्थित हुन सांसदहरूलाई केही दिन अगाडि निर्देशन जारी गरेको थियो । तर बुधबार रास्वपाकै बैठक लम्बिएका कारण प्रतिनिधिसभाको बैठक प्रभावित भएको हो ।
रास्ववपा संसदीय दलले गरेको निर्देशनअनुसार संसद् बैठकमा समयमै उपस्थित हुन नसक्दा गुगल फर्म भनुपर्छ । अनुपस्थित हुनुको कारण र प्रमाण पनि अपलोड गर्नुपर्ने हुन्छ ।
निर्धारित समयभन्दा बैठकमा आधा घण्टा भन्दा ढिलो उपस्थित हुँदा पनि फर्म भर्नुपर्ने गरी रास्वपाले गुगल फर्म तयार गरेको हो ।
रास्वपाका नेताहरू यो गुगल फर्मको उदेश्य मुख्यतः संसद् बैठकमा उपस्थितिका विषयमा थप जवाफदेही बनाउने रहेको छ । यसअनुसार बैठकमा अनुपस्थित हुनेदेखि उपस्थित भएर बीचमै बाहिरिने सांसदसम्मको विवरण एकीकृत गर्न लागिएको हो ।
सांसदहरूको संसद् उपस्थितिलाई हाजिरीको विषयका रूपमा नभई जिम्मेवारी र जवाफदेहितासँग जोड्न खोजिएको नेताहरू बताउँछन् ।
२६ साउनको प्रतिनिधिसभाको बैठकमा गणपूरक संख्या कोरम नपुगेर बैठक नै स्थगित हुन पुगेको थियो । जसका कारण सरकारी विधेयक अगाडि बढाउने प्रक्रिया समेत रोकिन पुगेको थियो ।
प्रतिनिधि सभामा १८२ जना सांसद त रास्वपाकै छन् । सदनको बिजनेसलाई सहज रुपमा अघि बढाउने मुख्य जिम्मेवारी सत्ता पक्षको हुन्छ । तर २६ साउनको बैठकमा खानीसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने आवश्यक गणपूरक संख्या ६९ समेत पुगेन ।
यो पृष्ठभूमिमा रास्वपाले सांसदका गतिविधि नियाल्न गुगल फर्म नै बनाएर अगाडि बढाएको हो ।
तर बुधबार रास्वपा संसदीय दलले गरेको निर्देशन रास्वपाकै बैठक लम्बिएका कारण लागू हुन सकेन । उक्त निर्देशनअनुसार बुधबार बैठकमा ढिला उपस्थित भएका कारण रास्वपाका सबै सांदिले फर्म भर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया 4