+

फिबा एसिया कप प्रि–क्वालिफायरका लागि नेपाली टोली घोषणा

२०८३ भदौ  ३ गते १४:१८ २०८३ भदौ ३ गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बास्केटबल संघले फिबा एसिया कप प्रि–क्वालिफायरका लागि सदीश प्रधानको कप्तानीमा १२ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।
  • विनोद महर्जन उपकप्तान बनेका छन् भने सुशील गुरुङ मुख्य प्रशिक्षक र आशिष न्यौपाने सहायक प्रशिक्षक छन् ।
  • फिबा एसिया कप प्रि–क्वालिफायर प्रतियोगिता दुबईमा हुँदैछ, जहाँ नेपालले एसियाली स्तरको प्रतियोगितामा दाबेदारी प्रस्तुत गर्नेछ ।

३ भदौ, काठमाडौं । नेपाल बास्केटबल संघले यही अगष्ट अन्तिम साता युएईमा हुने फिबा एसिया कप प्रि–क्वालिफायरका लागि १२ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।

टोलीको कप्तानी सदीश प्रधानले गर्नेछन् भने विनोद महर्जन उपकप्तानको भूमिकामा छन् । टोलीमा श्रेयसबहादुर शाह, निश्चल महर्जन, अजय कुशवाहा, आशिम श्रेष्ठ, सौरव श्रेष्ठ, सुदीप पौडेल क्षेत्री, कमल थापा, साइमन गुरुङ, पेमा शेर्पा र प्रणय मान श्रेष्ठ रहेका छन् ।

टोलीको मुख्य प्रशिक्षकमा सुशील गुरुङ तथा सहायक प्रशिक्षकमा आशिष न्यौपाने छन् ।

नेपाल फिबा एसिया कप प्रि–क्वालिफायरको समूह ए मा छ । यस समूहको खेलहरु अगष्ट २६ देखि ३१ सम्म युएईको दुबईमा आयोजना हुँदैछ ।

नेपालले पहिलो खेल अगष्ट २६ मा युएईसँग खेल्नेछ । यस्तै नेपालले अगष्ट २८ मा कुवेत, अगष्ट ३० मा बहराइन र अगष्ट ११ मा ओमानसँग खेल्नेछ ।

नेपालले यस प्रतियोगितामार्फत एसियाली स्तरको प्रतियोगितामा आफ्नो दाबेदारी प्रस्तुत गर्नेछ ।

फिबा एसिया कप प्रि-क्वालिफायरको समूह बी मा काजखस्तान, प्यालेस्टाइन, श्रीलंका, माल्दिभ्स र कीर्गिस्तान छन् भने समूह सी मा इन्डोनेसिया, मलेसिया र सिंगापुर तथा समूह डी मा थाइल्यान्ड, मंगोलिया, भियतनाम र फिजी छन् ।

समूह बी को खेल काजखस्तान, समूह सी को छनोट मलेसिया र समूह डी को छनोट मंगोलियामा हुनेछ ।

प्रि क्वाफायर्सको हरेक समूहबाट शीर्ष तीन टिम दोस्रो चरणमा प्रवेश गर्ने फिबाले जनाएको छ । दोस्रो चरणमा छनोट भएका टिमलाई ६-६ टिमको दुई समूहमा विभाजन गरिनेछ ।

दुवै समूहको शीर्ष ४-४ टोली फिबा एसिया कप २०२९ क्वालिफायर्समा छनोट हुनेछन् ।

क्वालिफायर्सबाट छानिएका उत्कृष्ट ८ टोली र फिफा एसिया कप २०२५ को उत्कृष्ट १६ टोली गरी २४ टोलीको मुख्य छनोट प्रतियोगिता हुनेछ । जसबाट शीर्ष १६ टोली सन् २०२९ मा हुने फिबा एसिया कपमा छनोट हुनेछन् ।

फिबा एसिया कप प्रि-क्वालिफायर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय