+

कार्की र झाले जिते पहिलो हिमालयन ओपन गल्फको उपाधि

२०८३ भदौ  ५ गते १२:२० २०८३ भदौ ५ गते १२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको कोलोराडोमा सम्पन्न पहिलो हिमालयन ओपन गल्फमा रिजुल कार्की समग्र ग्रस च्याम्पियन र अभि झा समग्र नेट च्याम्पियन बनेका छन्।
  • अगस्ट ८ र ९ मा भएको प्रतियोगितामा नेपाल र हिमालय क्षेत्रका प्रवासी समुदायका १०० भन्दा बढी गल्फर सहभागी भएका थिए।
  • आयोजकले हिमालयन ओपनलाई वार्षिक प्रतियोगिता बनाउने र २०२८ संस्करण नेपालमै आयोजना गर्ने लक्ष्य राखेको छ।

६ भदौ, काठमाडौं । अमेरिकाको कोलोराडो राज्यस्थित रेड हक रिज गल्फ कोर्समा सम्पन्न पहिलो हिमालयन ओपन गल्फ प्रतियोगितामा रिजुल कार्की समग्र ग्रस च्याम्पियन र अभि झा समग्र नेट च्याम्पियन बनेका छन् ।

अगस्ट ८ र ९ मा आयोजित प्रतियोगितामा नेपाल र हिमालय क्षेत्रका प्रवासी समुदायका १०० भन्दा बढी गल्फर सहभागी भएका थिए । नेपाली तथा हिमालयन समुदायलाई गल्फमार्फत जोड्ने उद्देश्यसहित पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा दर्ता एक महिनाअघि नै बन्द गर्नुपरेको आयोजकले जनाएको छ ।

डेनभरका नेपाली गल्फरहरूको पहलमा सुरु भएको हिमालयन ओपनले अनुभवी खेलाडीसँगै युवा पुस्तालाई पनि एउटै मञ्चमा ल्याएको थियो। प्रतियोगितामा रिजुल कार्की, कश्यप रायमाझी, जैवीर पाण्डे र सुचित शर्माजस्ता युवा खेलाडी सहभागी थिए ।

महिलातर्फ नेपालकी शीर्ष वरीयताप्राप्त एमेच्योर गल्फर प्रतिमा शेर्पा, रिहाना भण्डारी, समारा पाण्डे र श्रिया शर्माले पनि प्रतिस्पर्धा गरेका थिए ।

दुई दिने प्रतियोगितामा ग्रस र नेट दुवै विधामा प्रतिस्पर्धा भएको थियो । कुल ४१ हजार २०० अमेरिकी डलर पुरस्कार राशी रहेको प्रतियोगितामा कार्कीले उत्कृष्ट समग्र स्कोरसहित ग्रस उपाधि जिते भने ह्यान्डिक्यापअनुसार उत्कृष्ट प्रदर्शन गरेका झाले नेट च्याम्पियन बने ।

आयोजक समितिले हिमालयन ओपनलाई वार्षिक प्रतियोगिताका रूपमा अघि बढाउने लक्ष्य राखेको छ। आगामी संस्करणहरू विभिन्न अमेरिकी सहरमा आयोजना गर्दै अझ धेरै खेलाडीलाई सहभागी गराउने योजना रहेको छ ।

यस्तै, प्रतियोगिताको २०२८ संस्करण नेपालमै आयोजना गर्ने लक्ष्यसहित तयारी अघि बढाइने आयोजकले जनाएको छ । गल्फको विकाससँगै नेपालका युवा खेलाडीलाई अवसर सिर्जना गर्नु नै प्रतियोगिताको दीर्घकालीन उद्देश्य रहेको आयोजकको भनाइ छ।

हिमालयन ओपन गल्फ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय