+

नेपालका बाढीपीडितको सम्झनामा बार्सिलोनाका खेलाडीको मौनधारण

२०८३ भदौ  १२ गते ७:४६ २०८३ भदौ १२ गते ७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बार्सिलोनाका खेलाडीले नेपाल र चीनको सीमामा आएको विनाशकारी बाढीका पीडितको सम्झनामा क्याम्प नोउमा एक मिनेट मौनधारण गरेका छन्।

१२ भदौ, काठमाडौं । नेपालमा भएको बाढीको सम्झनामा स्पेनिस क्लब बार्सिलोनाका खेलाडीले एक मिनेट मौनधारण गरेका छन्। आज बिहान बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा खेलअघि खेलाडीले मौनधारण गरेका हुन् ।

क्लबले समाजकि सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएको छ । ‘गत सिजनमा निधन भएका बार्सिलोनाका सदस्यहरूका साथै नेपाल र चीनको सीमामा आएको विनाशकारी बाढीबाट पीडितहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो’ बार्सिलोनाले फोटोसहित यो जानकारी पोस्ट गरेको छ ।

बार्सिलोनाले ला लिगामा यो सिजिनको दोस्रो खेल एथलेटिक क्लबसँग खेलेको हो । खेलमा २–० को जित निकाल्न सफल भयो । राफिन्हाले ३७औं र फेमिन लोपेजले ८२औं मिनेटमा गोल गरी टोलीलाई सहज जित दिलाए ।

विश्वकपलगत्तै म्यानचेस्टर सिटीबाट बार्सिलोना आएका रोड्रीले बार्सिलोनाबाट डेब्यू गरेका छन् । उनी ६२औँ मिनेटमा मैदान छिरेका थिए । बार्सिलोनाले यस सिजनका सुरुवाती दुवै खेल जितेको छ ।

नेपाल बाढी बार्सिलोना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय