News Summary
Generated by OK AI. Editorially reviewed.- बार्सिलोनाले बिहीबार राति स्पानिस ला लिगामा एथलेटिक बिल्बाओलाई २–० ले पराजित गरेको छ।
- बार्सिलोना लगातार दोस्रो जितसँगै ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ।
- बार्सिलोनाका लागि राफिन्हा र फरमिन लोपेजले क्रमशः ३७औँ र ८२औँ मिनेटमा गोल गरेका छन्।
काठमाडौं । बार्सिलोनाले स्पानिस ला लिगामा बिहीबार राती एथलेटिक बिल्बाओलाई २-० ले पराजित गरेको छ ।
नयाँ सिजन बार्सिलोनाको यो लगातार दोस्रो जित हो । लगातार दोस्रो जितपछि बार्सिलोना ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोनाले दुई खेल नै जितेको रियल मड्रिड, सेभिया र रियल बेटिसलाई गोल अन्तरमा पछि पारेको छ ।
घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि राफिन्हा र फरमिन लोपेजले एक-एक गोल गरे ।
राफिन्हाले ३७ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । लोपेजले ८२ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।
यसै खेलबाट रोड्रीले पनि बार्सिलोनामा डेब्यु गरेका छन् । फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी बनेका स्पेनका कप्तान पेड्री यसै सिजन अघि इंग्लिस क्लब म्यानचेष्टर सिटीबाट बार्सिलोनामा अनुबन्ध भएका थिए ।
बार्सिलोना र बिल्वाओबीचको खेलअघि नेपालको भोटेकोशीमा गएको बाढीपिडितको सम्झदतामा मौनधारण गरेका थिए ।
बिहीबारकै अर्को खेलमा ओसासुनाले सेल्टा भिगोलाई २–१ ले पराजित गरेको छ ।
प्रतिक्रिया 4