+

गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारीको २ दिनको तलब बाढी प्रभावितलाई

२०८३ भदौ  ११ गते १९:०४ २०८३ भदौ ११ गते १९:०४
गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारीको २ दिनको तलब बाढी प्रभावितलाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले बाढी प्रभावितका लागि सम्पूर्ण कर्मचारीको दुई दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

१२ भदौ, काठमाडौं । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले बाढी प्रभावितका लागि सहयोगको घोषणा गरेको छ । केद्रका सम्पूर्ण कर्मचारीहरूको दुई दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. आशिष गोविन्द अमात्यले जानकारी दिए ।

दीर्घकालदेखि नियमित औषधि सेवन गरिरहेका बिरामी, मुटुरोगी तथा अन्य हृदयसम्बन्धी समस्या भएका नागरिकको उपचारमा आवश्यक सहयोग पुऱ्याउने केन्द्र प्रतिबद्धता केन्द्रले गरेको छ ।

सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी आवश्यकता र प्राथमिकताका आधारमा केन्द्रको स्वास्थ्य टोली परिचालन गरी सहयोग गर्न समेत तयार रहेको कार्यकारी निर्देशक अमात्यले बताए ।

गंगालाल बाढी प्रभावित राहत
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय