+

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ पदाधिकारी नियुक्त

२०८३ भदौ  २४ गते १८:२९ २०८३ भदौ २४ गते १८:२९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ पदाधिकारी नियुक्त

२४ भदौ, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जना पदाधिकारी नियुक्त भएका छन् । प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.धर्मदत्त सुवेदी, रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री, डिनमा डा.सन्दीप श्रेष्ठ र अस्पताल निर्देशकमा डा.विनम्र विष्टलाई नियुक्त गरिएको हो ।

नवनियुक्त पदाधिकारीहरूले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथ ग्रहण कार्यक्रममा मन्त्री मेहताले नवनियुक्त पदाधिकारीलाई जिम्मेवारी इमानदारी,पारदर्शिता र सेवामुखी भावनाका साथ काम गर्न आग्रह गरिन् । यसअघि प्रतिष्ठानको उपकुलपतिमा डा. सूर्यमान म्याहाङम्बो नियुक्त भएका थिए ।

कर्णाली पदाधिकारी शिक्षाध्यक्ष
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय