+

एनभीएलमा काठमाडौंको तेस्रो जित, कर्णालीको पहिलो हार

२०८३ भदौ  २४ गते २१:१५ २०८३ भदौ २४ गते २१:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं रेड्सले नेपाल भलिबल लिगमा कर्णाली शिवराजलाई ३-१ सेटले हराउँदै तेस्रो जित हात पारेको छ।
  • काठमाडौंले कर्णालीको अपराजित यात्रा तोड्दै प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ।
  • तेस्रो हारपछि कर्णालीले प्लेअफ पुग्ने निर्णय अन्तिम लिग खेल कुर्नुपर्ने भएको छ।

२४ भदौ, काठमाडौं । काठमाडौं रेड्सले नेपाल भलिबल लिग (एनभीएल) मा कर्णाली शिवराजलाई पराजित गर्दै तेस्रो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलमा काठमाडौंले कर्णालीको अपराजित यात्रालाई ब्रेक लगाउँदै प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको हो ।

कर्णालीको भने लगातार तीन जितपछि यो पहिलो हार हो ।

पहिलो सेट निकै प्रथिस्पर्धात्मक बनेको थियो । जहाँ काठमाडौंले २८-२६ ले आफ्नो पक्षमा पार्दै अग्रता लियो । दोस्रो सेटमा पनि लय कायम राख्दै काठमाडौंले २५-१८ ले सहजै आफ्नो पक्षमा पार्दै २-० को अग्रता बनायो ।

तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै कर्णालीले खेलमा फर्किएको थियो । तर काठमाडौंले चाैथो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

तेस्रो जितपछि काठमाडौंले कर्णाली समान ८ अंक जोडेको छ । दुव‌ैले समान ४ खेल खेलेका छन् ।

कर्णाली सामु काठमाडौंलाई हराउँदै अन्तिम लिग खेल अघि नै प्लेअफमा स्थान पक्का गर्ने अवसर थियो ।

तर अब कर्णालीले पनि अन्तिम खेल नै कुर्नुपर्ने भएको छ । अन्नपूर्ण स्पाईकर किंग्स ९ अक जोडेर शीर्ष स्थानमा छ ।

त्यसपछि कर्णाली र काठमाडौंको ८-८ अंक छ भने सगरमाथा स्म्यासर्स ७ अंकसहित चाैथो स्थानमा छ ।

अब बिहीबार लिग चरणको अन्तिम तीन खेल हुनेछ र शीर्ष तीनको समिकरण पनि टुङ्गो लाग्नेछ ।

बिहीबारको पहिलो खेल अन्नपूर्ण र सगरमाथाबीच दिउँसो १ बजे हुनेछ । यो खेल जितेमा अन्नपूर्ण सिधै फाइनल पुग्नेछ ।

यस्तै दोस्रो खेलमा कर्णालीले मधेश वारियर्ससँग खेल्नेछ भने काठमाडौं र खप्तड फाल्कन्सबीच तेस्रो खेल हुनेछ ।

एनभीएल नेपाल भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय