News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले २०औं एसियन गेम्सका लागि जापान नजाने निर्णय गरेका छन् ।
- विपद्बाट प्रभावितलाई सहयोग गर्न जाँदा लाग्ने खर्च सदुपयोग गर्ने उद्देश्यले नजाने निर्णय गरेको उनले बताए ।
- यसअघि खेलकुदमन्त्री सस्मित पोखरेल र राखेपका सदस्यसचिव रामचरित्र मेहताले पनि जापान नजाने निर्णय गरिसकेका छन् ।
२ असोज, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल पनि २०औं एसियन गेम्सका लागि जापान नजाने भएका छन् । यसअघि जापान जाने सूचीमा रहेका सचिव पौडेलले एसियन गेम्समा नजाने निर्णय गरेका हुन् ।
हालको विषम परिस्थितिमा एसियन गेम्समा जानुभन्दा जाँदा लाग्ने खर्च विपद्बाट प्रभावितलाई सहयोग गर्ने उद्देश्यले नजाने निर्णय गरेको सचिव पौडेलले बताए ।
यसअघि खेलकुद मन्त्री सस्मित पोखरेल र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रामचरित्र मेहताले पनि एसियन गेम्सका लागि जापान नजाने निर्णय गरिसकेका छन् ।
प्रतिक्रिया 4