+

म्याक्सवेलको कप्तानी प्रदर्शनमा बेलफास्ट वुल्भ्स ईटीपीएलको फाइनलमा

२०८३ असोज  ३ गते २२:१९ २०८३ असोज ३ गते २२:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लेन म्याक्सवेलको अलराउन्ड प्रदर्शनमा बेलफास्ट वुल्भ्सले आम्सटर्डम फ्लेम्सलाई ७ विकेटले हराउँदै युरोपियन टी-२० प्रिमियर लिगको फाइनलमा प्रवेश गर्‍यो।
  • म्याक्सवेलले ४ ओभरमा १८ रन दिएर ४ विकेट लिए, जुन उनको टी-२० करियरकै उत्कृष्ट बलिङ हो।
  • बेलफास्टले १३४ रनको लक्ष्य ९ बल बाँकी छँदा ३ विकेट गुमाएर पूरा गर्‍यो, जसमा डेभोन कोनवेले ३५ र लोरकान टकरले अविजित ३४ रन बनाए।

३ असोज, काठमाडौं । कप्तान ग्लेन म्याक्सवेलको शानदार अलराउन्ड प्रदर्शनमा बेलफास्ट वुल्भ्सले पहिलो संस्करणको युरोपियन टी-२० प्रिमियर लिगको फाइनलमा स्थान बनाएको छ ।

बेलफास्टले आम्सटर्डम फ्लेम्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । आम्सटर्डमले दिएको १३४ रनको लक्ष्य बेलफास्टले ९ बल बाँकी छँदा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

बेलफास्टका लागि डेभोन कोनवेले ३५ तथा लोरकान टकरले अविजित ३४ रन बनाए । कप्तान म्याक्सवेल १० बलमा २१ रन बनाएर अविजित रहे । त्यसअघि टिम टेक्टरले २८ रन बनाए ।

त्यसअघि म्याक्सवेलले शानदा बलिङ गर्दै ४ विकेट लिएपछि आम्सटर्डम २० ओभरमा १३३ रनमा अलआउट भएको थियो ।

म्याक्सवेलले ४ ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिए । यो उनको टी-२० करियरकै उत्कृष्ट बलिङ हो । म्याथ्यु हम्फ्रिजले ३ तथा क्रिस जोर्डनले १ विकेट लिए ।

स्टिभ स्मिथले सर्वाधिक ४५ रन बनाए । युवराज सम्राले २७ रन बनाए ।

बेलफास्टले अब उपाधिका लागि एडिनबर्ग कासल रकर्ससँग खेल्नेछ ।

ग्लेन म्याक्सवेल बेलफास्ट वुल्भ्स युरोपियन टी-२० प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय