News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष कुमिते ६० केजीमूनि सेमिफाइनलमा मिनबहादुर तामाङ कुवेतका अब्दुल्लाह शाबानसँग १०–० ले पराजित भएका छन् ।
- तोयोहाशी जिम्नेसियममा भएको खेलमा मिनबहादुरले सेमिफाइनलमा कुनै पनि अंक जोड्न सकेनन् ।
- सेमिफाइनलमा पराजित भए पनि मिनबहादुरले कास्य पदकका लागि प्रतिस्पर्धा गर्न पाउनेछन् ।
४ असोज, काठमाडौं । नेपाली कराते खेलाडी मिनबहादुर तामाङ जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष कुमिते ६० केजीमूनिको तौल समूहको सेमिफाइनलमा पराजित भएका छन् ।
जापानको तोयोहाशी जिम्नेसियममा भएको खेलमा मिनबहादुर कुवेतका अब्दुल्लाह शाबानसँग १०–० ले पराजित भएका हुन् । उनले सेमिफाइनलमा कुनै पनि अंक जोड्न सकेनन् ।
सेमिफाइनलमा पराजित भएपनि उनले कास्य पदकका लागि प्रतिस्पर्धा गर्न पाउनेछन् ।
प्रतिक्रिया 4