News Summary
Generated by OK AI. Editorially reviewed.- एट्लेटिको मड्रिडले मड्रिड डर्बीमा १० खेलाडीमा सीमित रियल मड्रिडलाई २–१ ले हराउँदै ला लिगामा महत्त्वपूर्ण जित निकालेको छ।
- रियलका डिन हुइजसेन ५२औं मिनेटमा रातो कार्ड पाएपछि एट्लेटिकोले अलेहान्द्रो ग्रिमाल्डोको पेनाल्टी र जोनाथन डेभिडको गोलमा अग्रता लिएको छ।
- यो जितसँगै एट्लेटिको ७ खेलमा १६ अंकसहित दोस्रो स्थानमा पुगेको छ भने रियल १५ अंकसहित तेस्रोमा झरेको छ।
४ असोज, काठमाडौं । एट्लेटिको मड्रिडले मड्रिड डर्बीमा १० खेलाडीमा सीमित रियल मड्रिडलाई २–१ ले पराजित गर्दै ला लिगामा महत्त्वपूर्ण जित निकालेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियल ५२औं मिनेटमा डिन हुइजसेन रातो कार्ड पाएपछि १० खेलाडीमा झरेको थियो । त्यसको एक मिनेटपछि अलेहान्द्रो ग्रिमाल्डोले पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए ।
५९औं मिनेटमा जियोभानी सिमियोनेको पासमा जोनाथन डेभिडले दोस्रो गोल गरेपछि घरेलु टोली २–० ले अघि बढ्यो ।
रियलका एन्टोनियो रुडिगरले ८९औं मिनेटमा बर्नार्डो सिल्भाको असिस्टमा एक गोल फर्काए पनि त्यसपछि थप गोल गर्न सकेनन् ।
यो जितसँगै एट्लेटिकोले ७ खेलमा १६ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पराजित रियल १५ अंकसहित तेस्रोमा झरेको छ ।
शतप्रतिशत जितसहित बार्सिलोना २१ अंकका साथ शीर्षस्थानमा छ ।
प्रतिक्रिया 4