+

एसियन गेम्स : पुरुष कबड्डीको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित

२०८३ असोज  ५ गते ९:१७ २०८३ असोज ५ गते ९:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियन गेम्सअन्तर्गत पुरुष कबड्डीको समूह ‘बी’ को पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको छ।
  • जापानको तोकाइ सिटिजन जिम्नेसियममा नेपाल पहिलो हाफमै २८–२४ ले पछि परेको थियो।
  • नेपालले दोस्रो खेलमा मंगलबार पाकिस्तानसँग र भोलि नै इरानसँग खेल्ने तालिका छ।

५ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष कबड्डी प्रतियोगिताको समूह ‘बी’ को पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको छ ।

सोमबार जापानको तोकाइ सिटिजन जिम्नेसियममा भएको खेलमा नेपाल पहिलो हाफमै २८–२४ ले पछि परेको थियो ।

दोस्रो हाफमा पनि थाइल्यान्डले ३१ अंक जोड्दा नेपालले २४ अंक मात्र बनाउन सक्यो । त्यससँगै नेपाल ११ अंकको अन्तरले पराजित भयो ।

नेपालले अब आफ्नो दोस्रो खेलमा भोलि मंगलबार पाकिस्तानसँग खेल्नेछ । भोलि नै नेपालले इरानसँग पनि खेल्ने तालिका छ ।

२०औं एसियन गेम्स एसियन गेम्स कबड्डी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय