News Summary
Generated by OK AI. Editorially reviewed.- एसियन गेम्सअन्तर्गत सफ्ट टेनिस मिक्स्ड डबल्समा नेपालका कमल भण्डारी र जर्जिया चौधरी पदक दौडबाट बाहिरिएका छन् ।
- जापानको हिगाशियामा पार्क टेनिस सेन्टरमा भएको नकआउट चरणमा उनीहरू इन्डोनेसियाली जोडीसँग ५–१ ले पराजित भएका हुन् ।
- यसअघि नेपाली टोली पुरुष डबल्सबाट पनि बाहिरिसकेको छ, र कमल तथा जर्जियाले अब सिंगल्समा प्रतिस्पर्धा गर्नेछन् ।
५ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत सफ्ट टेनिस मिक्स्ड डबल्स विधाको पदक दौडबाट नेपालका कमल भण्डारी र जर्जिया चौधरी बाहिरिएका छन् ।
जापानको हिगाशियामा पार्क टेनिस सेन्टरमा भएको नकआउट चरणको खेलमा उनीहरु इन्डोनेसियाका फर्नान्डो सांगेर र आरासी सिटीको जोडीसँग ५–१ ले पराजित हुँदै बाहिरिए ।
समूह चरणमा एक खेलमा जिट र एक खेलमा हार बेहोरेर नकआउट चरणमा प्रवेश गरेका थिए । मंगोलियाका खेलाडीलाई पराजित गरेको कमल–जर्जिया जोडी चाइनिज ताइपेइका खेलाडीसँग पराजित भएको थियो ।
यसअघि नेपाली टोली पुरुष डबल्स विधामा पनि बाहिरिसकेको छ । कमल र प्रदीप खत्रीले पुरुष सिंगल तथा जर्जियाले महिला सिंगलमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4