+

बिहे गरेको २ वर्षसम्म बच्चा नभएपछि जाँच गर्दा पुरुषको पेटमा देखियो पाठेघर

२०८३ असोज  ११ गते १६:४८ २०८३ असोज ११ गते १६:४८
बिहे गरेको २ वर्षसम्म बच्चा नभएपछि जाँच गर्दा पुरुषको पेटमा देखियो पाठेघर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिल्लीको राजौरी गार्डेनस्थित आरजी अस्पतालमा जाँचका क्रममा २६ वर्षीय पुरुषको पेटभित्र पाठेघर, डिम्बबाहिनी नली र असामान्य अण्डकोष फेला परेका छन्।

भारतमा एक दुर्लभ र असामान्य चिकित्सकीय घटना सार्वजनिक भएको छ । अस्पतालमा जाँचका लागि पुगेका २६ वर्षीय पुरुषको पेटभित्र पाठेघर र डिम्बबाहिनी नली फेला परेको हो । साथै उनका अण्डकोषहरू असमान्य अवस्थामा रहेको भेटियो ।

बिहे गरेको लामो समयसम्म पनि बच्चा नभएछि ती पुरुष स्वास्थ्य जाँचका लागि श्रीमतीलाई लिएर दिल्लीको राजौरी गार्डेनस्थित ‘आरजी अस्पताल’ पुगेका थिए ।

चिकित्सकहरूका अनुसार, ती व्यक्तिमा ‘पर्सिस्टेन्ट मुलेरियन डक्ट सिन्ड्रोम’ को समस्या देखिएको थियो । यो जन्मजात हुने एक दुर्लभ अवस्था हो, जसमा सामान्यतया महिलाको प्रजनन प्रणालीमा पाइने अंग तथा संरचनाहरू पुरुषको शरीरभित्र रहेको हुन्छ ।

आरजी अस्पतालका युरोलोजिस्ट तथा बाँझोपन विशेषज्ञ डा. सुशिल खरबन्दाको निगरानीमा उनको जाँच गरिएको थियो ।

चिकित्सकले बताएअनुसार उनीहरूको विवाह भएको करिब दुई वर्ष भएको थियो । बिहे गरेको केही महिनापछि देखि नै दम्पती सन्तान जन्माउने योजनामा थिए तर गर्भ बसिरहेको थिएन । सुरुमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिएको थियो । श्रीमतीको प्रजनन क्षमतामा कुनै समस्या देखिएन। त्यसपछि श्रीमानको जाँच गरिएको गरियो ।

ती युवकमा पुरुषसम्बन्धी सामान्य यौन विशेषताहरू देखिए । तर थप जाँच गर्दा दुवै अण्डकोष सामान्य स्थानमा नभएको पाइयो। वीर्यको जाँच गर्दा ‘एजोस्पर्मिया’ देखियो । यो भनेको वीर्यमा शुक्रकीटको उपस्थिति नहुनु हो ।

हर्मोनसम्बन्धी जाँचमा उनको टेस्टोस्टेरोनको स्तर सामान्य दायराभित्रै पाइयो । तर महिलामा पाइने हर्मोनहरू फोलिक्युल स्टिमुलेटिङ हर्मोन र लुटिनाइजिङ हर्मोनको स्तर भने केही बढी देखियो ।

पछि पेटको अल्ट्रासाउन्ड गर्दा तल्लो पेटको भागमा एउटा असामान्य संरचना फेला पर्यो । यस अवस्थाबारे अझ राम्ररी बुझ्नका लागि चिकित्सकहरूले एमआरआई गरे ।

एमआरआईमा बिरामीको पेटभित्र पूर्ण रूपमा विकसित पाठेघर र डिम्बबाहिनी नली जस्ता संरचनाहरू रहेको पाइयो ।

थप परीक्षण गर्दा ती व्यक्तिमा ‘४६,एक्सवाई’ क्रोमोजोमको ढाँचा रहेको देखायो । यो पुरुषमा हुने क्रोमोजोम हो । भित्र महिलाका अंग रहेपनि उनी जैविकरूपमा भने पुरूष नै रहेको पाइयो ।

चिकित्सकहरूले अण्डकोष गलत ठाउँमा हुनु र अन्य आन्तरिक प्रजनन संरचनाहरूको उपस्थितिले ट्युमर र क्यान्सरको जोखिम बढाउन सक्ने देखेपछि उनको शल्यक्रिया गरियो ।

जटिल शल्यक्रिया गरी असामान्य रहेका अंगहरू हटाइयो । उनको दुवै अण्डकोषहरू भित्र लुकेका र सानो भएर सुकेको अवस्थामा थिए ।   शल्यक्रियापछि हटाइएका तन्तुहरूको जाँच गरियो । चिकित्सकहरूले एउटा अण्डकोषमा क्यान्सरपूर्वको अवस्था फेला पारे । समयमै पत्ता लागेर उपचार हुँदा उनमा भविष्यमा आउन सक्ने क्यान्सरको जोखिम हटेको चिकित्सकहरूको भनाइ छ ।

‘पर्सिस्टेन्ट मुलेरियन डक्ट सिन्ड्रोम’ के हो ?

चिकित्सकहरूका अनुसार, यो जन्मअघि नै विकास हुने एक दुर्लभ अवस्था हो । चिकित्सासम्बन्धी अभिलेखहरूमा हालसम्म यस्ता ३०० भन्दा कम मात्रै केसहरू फेला परेको डा. सुशिल खरबन्दाले बताए ।

पुरुष भ्रूणको सामान्य विकासका क्रममा, ‘एन्टि-मुलेरियन हर्मोन’ ले ‘मुलेरियन स्ट्रक्चर’ बन्न नदिन महत्त्वपूर्ण भूमिका खेल्छ । मुलेरियन स्ट्रक्चरकै कारण पछि गएर महिलामा पाठेघर र डिम्बवाहिनी नलीका रूपमा विकसित हुन्छन् ।

यदि एन्टि-मुलेरियन हर्मोन हर्मोनको अभाव भएमा वा यसका रिसेप्टरहरूले राम्ररी काम नगरेमा, पुरुष क्रोमोजोम भएका व्यक्तिमा पनि यी संरचनाहरू विकसित हुन सक्छन् । जसको परिणामस्वरुप ‘पर्सिस्टेन्ट मुलेरियन डक्ट सिन्ड्रोम’ को अवस्था सिर्जना हुन्छ।

बेलैमा सतर्कता अपनाउ सुझाव

यस्तो समस्या भएका बेलैमा पहिचान हुनु सबैभन्दा महत्वपूर्ण रहेको यस केसको उपचारमा संलग्न चिकित्सक डा. सुशिल खरबन्दाले बताए । उनका अनुसार दुवै अण्डकोष सामान्य स्थानमा झरेका छन् वा छैनन् भन्ने कुरा बाल्यकालमै यकीन गर्नुपर्छ । यदि अण्डकोषहरू सामान्य स्थानमा छैनन् भने, अभिभावकहरूले प्रारम्भिक चरणमै चिकित्सकको परामर्श र विशेषज्ञको सल्लाह लिनुपर्छ ।

निःसन्तानपनको समस्या हुँदा दुवै दम्पतीको स्वास्थ्य जाँच गराउनु पर्ने उनको सुझाव छ । निःसन्तानपनमा पुरुषसम्बन्धी कारकहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने र तिनलाई बेवास्ता गर्न नहुने कुरामा उनले जोड दिए ।

एएनआई बाट

पर्सिस्टेन्ट मुलेरियन डक्ट सिन्ड्रोम' पुरुष पाठेघर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बिहे गरेको २ वर्षसम्म बच्चा नभएपछि जाँच गर्दा पुरुषको पेटमा देखियो पाठेघर

बिहे गरेको २ वर्षसम्म बच्चा नभएपछि जाँच गर्दा पुरुषको पेटमा देखियो पाठेघर

सानो बच्चाले बारम्बार किन कान कोट्याउँछ ? हुन सक्छन् यस्ता समस्या

सानो बच्चाले बारम्बार किन कान कोट्याउँछ ? हुन सक्छन् यस्ता समस्या

गर्भपतन : कानुनले ढोका खोल्यो, अब बाटो पनि सुरक्षित हुनुपर्छ

गर्भपतन : कानुनले ढोका खोल्यो, अब बाटो पनि सुरक्षित हुनुपर्छ

नेपालको पहिलो चिकित्सक जन्माउने त्रिपुरेश्वरको वैद्यचोक

नेपालको पहिलो चिकित्सक जन्माउने त्रिपुरेश्वरको वैद्यचोक

एउटा चुरोटमा ७००० बढी रसायन : धूम्रपान गर्ने र नगर्नेको फोक्सोमा यस्तो हुन्छ फरक

एउटा चुरोटमा ७००० बढी रसायन : धूम्रपान गर्ने र नगर्नेको फोक्सोमा यस्तो हुन्छ फरक

नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा : जनशक्ति बढ्यो, गुणस्तरमा चुनौती

नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा : जनशक्ति बढ्यो, गुणस्तरमा चुनौती