+

पोखरा–२२ का नागरिकलाई एनपीएलले परीक्षणमा छुट दिने

२०८३ असोज  १३ गते ११:५१ २०८३ असोज १३ गते ११:५१
पोखरा–२२ का नागरिकलाई एनपीएलले परीक्षणमा छुट दिने

काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर २२ का नागरिकले प्रयोगशाला परीक्षणमा छुट पाउने भएका छन् । वडा कार्यालय र पोखरा महानगरपालिका नगर युवा परिषद्को सहकार्यमा नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरले यस्तो सुविधा उपलब्ध गराउने भएको हो ।

वडाका स्थायी तथा अस्थायी बासिन्दाले ल्याबमा नियमित प्रयोगशाला परीक्षणमा २० प्रतिशत र विशेष परीक्षणमा १० प्रतिशत छुट पाउनेछन् । उनीहरूले सुगर र क्रियाटिनिन परीक्षण भने निःशुल्क गराउन सक्नेछन् ।

निःशुल्क परीक्षणका लागि वडा कार्यालय, नगर युवा परिषद्, वडा युवा परिषद्, टोल विकास समिति, महिला समूह वा विकास समितिको आधिकारिक सिफारिसपत्र आवश्यक पर्नेछ ।

ल्याबका अनुसार वडामा आवश्यकताका आधारमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ । शिविरको मिति, समय र स्थानबारे कम्तीमा पाँच दिनअघि जानकारी गराइनेछ ।

समझदारीपत्रमा वडाध्यक्ष हिमलाल बराल, प्याथ ल्याबका कार्यकारी उपाध्यक्ष इन्जिनियर अच्युत अधिकारी र नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले हस्ताक्षर गरेका छन् ।

नेशनल प्याथ ल्याब सम्झौता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय