+
+
Shares

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी दर्ता

उनी पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पहिलो पटक महामन्त्री पदमा चुनिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १४:४०

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेलले उम्मेदवार दिएका छन् । मंगलबार दिउँसो उनले पुन: महामन्त्रीमा दोहोरिने आकांक्षासहित उम्मेदवारी दर्ता गरेका हुन् ।

उनी पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पहिलो पटक महामन्त्री पदमा चुनिएका थिए ।

यसअघि १४ औं महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा लडेका पौडेल पराजित भएका थिए ।

यसअघि खुला तर्फको महामन्त्री पदमै नैनसिंह महर, सुनिल शर्मा र शंकर तिवारीले पनि उम्मेदवारी दर्ता गरिसकेका छन् ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?