काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सका खेलाडीको स्वास्थ्य व्यवस्थापनमा नेसनल प्याथ ल्याबले साथ दिने भएको छ।
यसका लागि रोयल्स र नेसनल प्याथ ल्याबबीच मेडिकल पार्टनरका रूपमा सम्झौता भएको हो । सम्झौतामा प्याथ ल्याबले प्रतियोगिताभर टोलीका खेलाडी तथा सदस्यलाई आवश्यक स्वास्थ्य जाँच र डायग्नोस्टिक सेवा उपलब्ध गराउने उल्लेख गरेको छ ।
टोलीका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले प्रतिस्पर्धात्मक प्रतियोगिताका क्रममा खेलाडीलाई आवश्यक स्वास्थ्य सेवा सहज र समयमै उपलब्ध गराउनु जरुरी रहेको बताए ।
नेसनल प्याथ ल्याबले पनि नेपाली क्रिकेटसँग जोडिन पाउँदा खुसी लागेको जनाएको छ ।
प्रतिक्रिया 4