+
+
Shares
कांग्रेस महाधिवेशन :

उपसभापति र महामन्त्रीको मतगणनाका लागि उम्मेदवारहरूसँग छलफल जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १४:३८

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति र उम्मेदवारहरूबीच बैठक सुरु भएको छ ।

मतगणनाबारे आवश्यक छलफल गर्न समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँग परामर्श गर्न लागेको हो ।

सानेपामा सुरु भएको बैठकमा उपसभापति र महामन्त्रीका उम्मेदवार मात्र सहभागी रहेका छन् । उम्मेदवारहरूसँगको छलफल पछि मतगणना सुरु गर्ने समितिले तयारी गरेको छ ।

निर्वाचन समितिले यसअघि शुक्रबार राति सभापति पदका लागि भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरेको थियो ।

शुक्रबार राति सम्पन्न मतगणनामा प्रतिष्पर्धी उम्मेदवार श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका छन् ।

उनी ६ हजार ५८४ मतसहित सभापतिमा निर्वाचित भएका हुन् । खड्गीले ३७५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?