+
+
Shares

इतिहास रटेर बस्दैनौं, त्यसको ब्याज खान आएका पनि होइनौं : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १५:१०

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरू इतिहासको ब्याज खान नआएको भनेर युवामाझ जाने बताएका छन् । सभापतिमा पुन: निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘नौजवानहरूको बीचमा गएर हामी भन्नेछौं– नेपाली कांग्रेससँग गौरवशाली इतिहास छ, तर हामी इतिहासको ब्याज खान आएको होइन, हामी इतिहासलाई रटेर पनि बस्दैनौं,’ सभापति थापाले भने, ‘हामी नयाँ इतिहास आफैं रच्छौं । नयाँ इतिहास रच्ने कुराको तागत लिएर हामी अधिवेशनबाट आएका छौं भनेर ती नौजवान साथीहरूका बीचमा जाने छौं ।’

उनले कांग्रेसप्रति किसान, उद्यमी र विदेशिएका युवाले पनि आशा गर्ने पार्टीका रूपमा विकसित गर्ने प्रतिबद्धता जनाए ।

‘एउटा किसानले नेपाली कांग्रेसलाई हेर्दै गर्दा मेरो विषय उठाइदिने पार्टी भनेर नेपाली कांग्रेसलाई चिन्ने छ । एउटा उद्यमीले मेरो खोसिएको अवसर मलाई पुन: दिलाइदिने पार्टी भनेर कांग्रेसलाई चिन्ने छ । वैदेशिक रोजगारमा गएको साथीले म वैदेशिक रोजगारमा गएको छु, तर, मेरो घर र परिवारका लागि विषय उठाइदिने कांग्रेस नेपालमा छ भनेर हामीलाई भरोसा गर्ने छ । त्यस्तो पार्टी हामी बनाउने छौं,’ सभापति थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?