+
+
Shares

व्यक्तिमा लागेको दाग आफैंले मेट्नुपर्छ, पार्टीले त्यो भारी बोक्दैन : गगन थापा

उनले पार्टी सभापतिमाथि पनि अनियमितताको दाग लागे त्यसको बचाउमा कोही अर्को कार्यकर्ता नबोल्ने पनि उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १५:२२

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्तिमा लागेको गैह्रकानुनी काम दाग स्वयं उसैले मेट्नुपर्ने र त्यसको भारी पार्टीले नबोक्ने बताएका छन् । शनिबार सभापतिमा पुन: निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘नेपाली कांग्रेसबाट यही महाधिवेशनमा प्रतिष्पर्धा गर्ने, नेपाली कांग्रेससँग आवद्ध हुनुभएको एक जना साथीलाई ठगीको मुद्दा लागेको, मुद्दा लागेको कारणले गर्दा हिजोमात्रै प्रहरीले पक्राउ गरेको समाचार मैले पढेँ,’ सभापति थापाले भने, ‘यो नेपाली कांग्रेस पार्टी के कुरामा दृढ संकल्पित छ भने हामी भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता र कानुनको शासनमा विश्वास गर्छौं । त्यसैले कुनै पनि व्यक्तिले गलत काम गर्छ, कुनै पनि व्यक्तिले गैरकानुनी काम गर्छ भने त्यसको त्यसको भारी त्यो व्यक्ति आफैंले बोक्नु पर्छ, पार्टीले त्यो भारी बोक्दैन ।’

उनले पार्टी सभापतिमाथि पनि अनियमितताको दाग लागे त्यसको बचाउमा कोही अर्को कार्यकर्ता नबोल्ने पनि उनले बताए । ‘मेरो आर्थिक जीवनमा कहिँ कतै पनि मबाट एउटा पनि अनियमितता हुन्छ भने मेरो पार्टीको एकजना साथीले पनि आएर मेरो पार्टीको सभापति यस्तो भयो भनेर उसले मेरो बचाउमा एक जना साथीले बोल्ने छैन । त्यो कांग्रेस हामीले बनाउने हो,’ उनले भने ।

कानुनको शासनलाई पालना गर्ने कांग्रेस बनाउन उनले आजकै मितिदेखि संकल्प गरेको पनि दाबी गरे । ‘सानो मान्छेलाई जस्तो कानुन लाग्छ, ठूलो मान्छेलाई पनि त्यही कानुन लाग्ने हो,’ उनले भने, ‘पार्टी, पार्टीमा आवद्धता भएको कारणले गर्दा कोही मान्छे अशल, कोही मान्छे खराब हुने विभाजनलाई हामी स्वीकार गर्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?