संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले भारतमा गिरफ्तार गरिएका प्रदर्शनकारीलाई रिहा गर्न आग्रह गरेको छ ।
शनिबार भारतलाई निर्वाचन अधिकारीहरूको कथित दुराचारविरुद्धका विरोध प्रदर्शनका क्रममा पक्राउ गरिएका निर्दोष व्यक्तिहरूलाई तत्काल रिहा गर्न आग्रह यूएनएसीआरले आग्रह गरेको हो ।
‘हामी दिल्लीमा आजका ठूला प्रदर्शनहरूभन्दा अघि र प्रदर्शनका क्रममा प्रदर्शनकारी, प्रदर्शनको नेतृत्व गरेका नेता र नागरिक समाजका सदस्य, वकिल र पत्रकारहरूको सामूहिक थुनाका रिपोर्टहरूप्रति चिन्तित छौँ,’ यूएनएचसीआरले एक वक्तव्यमार्फत भनेको छ ।
‘पक्राउ गरिएका निर्दोषसबै व्यक्तिहरूलाई तत्काल र बिनासर्त रिहा गरिनुपर्छ,’ वक्तव्यमा भनिएको छ ।
भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा शनिबारबाट भारतको नयाँ दिल्लीमा प्रदर्शन सुरु भएको छ । सोही प्रदर्शनका क्रममा दिल्ली प्रहरीले करिब एक हजार प्रदर्शनकारीहरूलाई हिरासतमा लिइसकेको छ ।
प्रतिक्रिया 4