+
+
Shares

नेपाली समुदायलाई अस्ट्रेलियाका प्रधानमन्त्रीले दिए दशैंको शुभकामना, बाढीपीडित नेपालीसँग ऐक्यबद्धता व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते ८:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले दशैंमा अस्ट्रेलियाका नेपाली समुदायलाई शुभकामना दिँदै नेपालमा बाढीबाट प्रभावितहरूप्रति ऐक्यबद्धता जनाएका छन्।
  • अल्बानिजीले पुनर्स्थापना र पुनर्निर्माणका आगामी महिनाहरूमा पनि अस्ट्रेलिया नेपाली समुदायको साथमा रहने बताएका छन्।
  • उनले नेपाली भाषामा 'विजया दशमीको शुभकामना' भन्दै सन्देश टुंग्याएका छन्।

अस्ट्रेलिया । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले दशैंको अवसरमा अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई शुभकामना व्यक्त गर्दै नेपालमा आएको बाढीबाट प्रभावित नेपालीहरूप्रति ऐक्यबद्धता जनाएका छन्।

अक्टोबर २०२६ मा जारी गरेको दशैं विशेष शुभकामना सन्देशमा प्रधानमन्त्री अल्बानिजीले नेपाली समुदायलाई परिवार, साथीभाइ र समुदायसँग मिलेर दसैं मनाउन शुभकामना दिएका छन्।

यस वर्षको दशैं नेपाल तथा विश्वभरका नेपाली समुदायका लागि गहिरो दुःख र शोकका बीच आएको उल्लेख गर्दै उनले बाढीबाट भएको विनाशपछि उत्पन्न पीडा नेपाली समुदायले एक्लै सहनुपर्ने अवस्था नरहेको बताएका छन्।

पुनर्स्थापना र पुनर्निर्माणका आगामी महिनाहरूमा पनि अस्ट्रेलिया नेपाली समुदायको साथमा रहने उनको सन्देशमा उल्लेख छ।

दशैंले असत्यमाथि सत्य र खराबीमाथि असलको विजयको सन्देश दिने स्मरण गर्दै प्रधानमन्त्रीले यस पर्वका अवसरमा वरपरका मानिसहरूको सद्भाव, करुणा, उदारता र एकताबाट शक्ति प्राप्त गर्न सकिने बताएका छन्।

आपत्कालीन राहत अभियानमा सहयोग गर्ने हजारौँ दाताहरू तथा बाढीपीडितप्रति ऐक्यबद्धता जनाउन आयोजित श्रद्धाञ्जली सभामा सहभागी परिवारहरूको योगदानको प्रशंसा गर्दै उनले चुनौतीहरूको सामना समुदायको एकताबाट गर्न सकिने उल्लेख गरेका छन्।

प्रधानमन्त्री अल्बानिजीले यस दसैंले सबैमा सान्त्वना, शक्ति र आशीर्वाद प्रदान गरोस् तथा असल कार्यको भावना र आपसी एकताले सबैलाई जोडिरहोस् भन्ने कामना गरेका छन्।

उनले सन्देशको अन्त्यमा नेपाली भाषामै ‘विजया दशमीको शुभकामना’ व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?