+
+
Shares

५५ केजी गाँजासहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते ९:०५

२५ असोज, काठमाडौं । बारा पचरौता नगरपालिका-६ बाट ५५ केजी लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पचरौता नगरपालिका-३ रामनगर टोलका ४५ वर्षीय राजकिशोरप्रसाद यादव रहेका छन् ।

गएराति गस्तीको क्रममा शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

इलका प्रहरी कार्यालय सिम्रौनगढमा राखेर यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?