२५ असोज, काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखा जिल्लाका दुई पुलमा क्षति पुर्याएको छ।
सडक विभागले सार्वजनिक गरेको क्षतिको प्रारम्भिक विवरण अनुसार आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोती खोला पुल पूर्ण रूपमा बगाएको छ।
त्यस्तै, गोरखा र धादिङ जोड्ने आरुघाट पुलको २२ मिटर आरसीसी भाग बाढीले बगाएको छ। कुल ६० मिटर ट्रस र २५ मिटर आरसीसी संरचना रहेको उक्त पुलको ट्रस भाग भने बाँकी देखिएको छ।

बाँकी रहेको ट्रस संरचनामा बेली ब्रिज राखेर आवागमन सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन भइरहेको विभागले जनाएको छ ।
पुलको अवस्थाबारे विस्तृत प्राविधिक मूल्यांकन गर्ने काम भइरहेको विभागको भनाइ छ ।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण प्राविधिक मूल्यांकनपछि स्पष्ट हुने विभागले जनाएको छ ।
प्रतिक्रिया 4