+
+
Shares

इरानी विदेशमन्त्रीले युद्धले वातावरणमा पार्ने प्रभावबारे दिए चेतावनी

‘गाजामा वातावरणीय विपत्तिको अवस्था यति भयावह छ कि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले यसलाई अभूतपूर्व वातावरणीय क्षति भनेको छ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १७:२६

इरानका विदेशमन्त्री अब्बास अराघचीले वातावरणलाई अब युद्धको मौन पीडितका रूपमा मात्रै हेर्न नसकिने बताएका छन्।

उनले पछिल्ला वर्षहरूमा गाजा, लेबनान र इरानमा भएका घटनाले सैन्य आक्रमणबाट मानवीय क्षति र महत्त्वपूर्ण पूर्वाधारको विनाशसँगै वातावरणमा गहिरो र कहिलेकाहीँ दीर्घकालीन असर परेको देखाएको बताए।

उनले भने, ‘गाजामा वातावरणीय विपत्तिको अवस्था यति भयावह छ कि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले यसलाई अभूतपूर्व वातावरणीय क्षति भनेको छ।’

लेबनानमा हतियारको प्रयोग र आक्रमणबाट लागेको आगोले वनजंगल तथा कृषि भूमि नष्ट गरेको उनले बताए। संयुक्त राष्ट्रसंघमा पेस गरिएका प्रतिवेदन र दस्तावेजले लाखौँ वर्गमिटर जमिन जलेको र हजारौँ जैतुनका रूखमा क्षति पुगेको देखाएको उनको भनाइ छ।

अराघचीले इरानका तेल भण्डार, प्रशोधन केन्द्र र ऊर्जा पूर्वाधारमा अमेरिका–इजरायलले गरेका आक्रमणले पनि ‘गम्भीर वातावरणीय जोखिम’ निम्त्याएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?