+
+
Shares

कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित

खुला महामन्त्री तर्फ प्रदीप पौडेलले सर्वाधिक ४ हजार १९४ मत पाए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते ५:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डा. डिला संग्रौला निर्वाचित भएका छन् ।
  • खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले ४ हजार १९४ र उदयशम्शेर राणाले २ हजार ३३० मत पाए ।
  • महिला महामन्त्रीमा डा. डिला संग्रौलाले ३ हजार ११८ मतसहित जितिन्, र उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भए ।

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर र डिला संग्रौला निर्वाचित भएका छन् ।

खुला महामन्त्री तर्फ पौडेलले ४ हजार १९४ र राणाले २ हजार ३३० मत पाउँदै विजयी भएका हुन् ।

खुला महामन्त्रीतर्फका अन्य प्रत्यासीहरुमा डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत पाएका छन् ।

यसैगरी, महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मतसहित निर्वाचित भइन् । उनका अन्य प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरे ।

उपसभापति पदमा भने चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?