News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको उपसभापतिमा चन्द्र भण्डारी ३ हजार ७३५, मधु आचार्य २ हजार ३४२ र विनोद चौधरी १ हजार ७४५ मतसहित निर्वाचित भएका छन्।
- महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर र डिला संग्रौला निर्वाचित भएका छन्।
- खुला उपसभापतिमा गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र चन्द्र मोहन यादवले ७६० मत पाए।
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् ।
उपसभापति पदमा खुल्लातर्फ चन्द्र भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत पाएर विजयी भए । मधु आचार्य पनि २ हजार ३४२ मत सहित उपसभापतिमा विजयी भए ।
समावेशी उपसभापति पदमा बिनोद चौधरी १ हजार ७४५ मतका साथ निर्वाचित चुनिए ।
खुला उपसभापतिका अन्य प्रतिस्पर्धीहरूमा गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्र मोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।
समावेशी उपसभापतिमा प्रतिस्पर्धा गरेका जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रन्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।
महिला उपसभापतिमा यसअघि नै पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेकी थिइन् । वरिष्ठ उपसभापति पदमा पनि विश्व प्रकाश शर्मा निर्विरोध भएका थिए ।
कांग्रेसको संशोधित विधानमा वरिष्ठ उपसभापतिसहित पाँच जना उपसभापति हुने व्यवस्था छ ।
कांग्रेसको महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर र डिला संग्रौला निर्वाचित भएका छन् ।
प्रतिक्रिया 4