+
+
Shares

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडाको अग्रता, दोस्रोमा सिवाकोटी

हालसम्म गणना भएको मतपरिणामअनुसार खतिवडाले ७६८ मत प्राप्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते ७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला तर्फको सहमहामन्त्री पदको मतगणनामा रामहरि खतिवडाले ७६८ मतसहित अग्रता लिएका छन्।
  • अजय सिवाकोटीले ५४८ मत प्राप्त गरी दोस्रो स्थानमा रहँदा डिल्लिराज सुवेदीले ४३९ मत ल्याएका छन्।
  • खुला तर्फको सहमहामन्त्री पदमा दुई जना निर्वाचित हुने व्यवस्था छ।

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला तर्फको सहमहामन्त्री पदमा जारी मतगणनामा रामहरि खतिवडाले अग्रता लिएका छन्।

हालसम्म गणना भएको मतपरिणामअनुसार खतिवडाले ७६८ मत प्राप्त गरेका छन् । अजय सिवाकोटी ५४८ मतसहित दोस्रो स्थानमा रहँदा डिल्लिराज सुवेदीले ४३९ मत प्राप्त गरेका छन्।

त्यस्तै, देवेन्द्रराज कँडेलले ३३४, विकास कोइरालाले २८४, राजीव ढुंगानाले २५३, रमेशप्रसाद धमलाले २०५, अमृतकुमार अर्यालले १७६ र विमलराज क्षेत्रीले ६१ मत प्राप्त गरेका छन्।

खुला तर्फ सहमहामन्त्री पदमा दुई जना निर्वाचित हुने व्यवस्था छ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?