+
+
Shares

प्रस्तावित राजदूत सुनारका विषयमा परराष्ट्र मन्त्रालय र ललितपुर प्रहरीसँग कागजात मगाउने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसदीय सुनुवाइ समितिले साउदीका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारविरुद्ध परेका दुई उजुरीका विषयमा कागजात माग्ने निर्णय गरेको छ।
  • सुनारको नैतिक चरित्र र जर्मनीबाट फर्काइएको दाबीबारे परराष्ट्र मन्त्रालयसँग विवरण माग्ने निर्णय समितिले गरेको छ।
  • विवाहेत्तर सम्बन्ध र ललितपुर प्रहरीमा मिलापत्र भएको उजुरीबारे आवश्यक कागजात पठाइदिन समितिले प्रहरी कार्यालयलाई भनेको छ।

२६ असोज, काठमाडौं । संसदीय सुनुवाइ समितिले साउदीका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारसँग सम्बन्धित उजुरीका दुई विषयमा कागजात मगाउने निर्णय छ ।

समितिले सुनारमाथि परेका उजुरीका तथ्य केलाउने क्रममा थप कागजात अध्ययन गर्नुपर्ने भन्दै उक्त निर्णय गरेको हो ।

सुनारको नैतिक चरित्रमा प्रश्न उठेका कारण उनी जर्मनी गएका बेलामा जर्मनीले नेपाल नै फर्काइदिएको भन्दै उजुरी परेको थियो । उक्त उजुरीको सम्बन्धमा यथार्थे के हो भन्नेबारे परराष्ट्र मन्त्रालयलाई विवरण माग्ने निर्णय गरेको हो ।

त्यस्तै विवाहेत्तर सम्बन्धको विषयमा परेको उजुरीबारे ललितपुर प्रहरी कार्यालयलाई आवश्यक कागजात पठाइदिन भनेको हो । उनको विवाहेत्तर सम्बन्ध रहेको र त्यसलाई ललितपुर प्रहरीमा मिलापत्र गरिएको भन्ने उजुरी आएको थियो । त्यही उजुरीसम्बन्धमा के गर्ने भन्नेबारे निर्णय गर्नुअघि समितिले प्रहरीसँग मिलापत्रको कागजात झिकाउने निर्णय गरेको हो ।

समितिले आज राजदूतहरूका उजुरीकर्ताहरूमाथि छलफल गरेर सुनुवाइ थाल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?