+
+
Shares

सडक डिभिजन विराटनगरले तोड्यो दुई ठेक्का

कार्यालयले ३० दिनभित्र सम्पर्क राखी वित्तीय फरफारक गर्न अल्टिमेटम दिएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सडक डिभिजन विराटनगरले एम/एस हिम सगरमाथा–बी एन्ड बी–आर वान जेभी काठमाडौं र एमएस कृष्ण निर्माण सेवाका दुई ठेक्का तोडेको छ ।
  • हिम सगरमाथा–बी एन्ड बी–आर वान जेभीले इटहरी–मावाखोला पुल, इनहरी सखुवागछी र धरान–भेडेटार खण्डको मर्मतको ठेक्का पाएको थियो ।
  • कृष्ण निर्माण सेवाले मोरङको जरुवापानी होली कल्भर्ट निर्माणको जिम्मा पाएको थियो ।
  • डिभिजनले कार्यप्रगति सन्तोषजनक नभएको र ३० दिनभित्र सम्पर्क राखी वित्तीय फरफारक गर्न अल्टिमेटम दिएको छ ।

२६ असोज, काठमाडौं । सडक डिभिजन विराटनगरले दुई ठेक्का तोडेको छ । डिभिजनले एम/एस हिम सगरमाथा–बी एन्ड बी–आर वान जेभी काठमाडौं र एमएस कृष्ण निर्माण सेवा सुनसरीले पाएको ठेक्का तोडेको हो ।

यसमध्ये पहिलो कम्पनीले महेन्द्र राजमार्गको इटहरी–मावाखोला पुल र इनहरी सखुवागछी सडकखण्डको नियमित मर्मतको ठेक्का पाएको थियो । साथै, कोशी राजमार्गको धरान–भेडेटार खण्डको मर्मतको जिम्मा समेत यसै कम्पनीले पाएको थियो ।

दोस्रो कम्पनीले मोरङमा जरुवापानी होली कल्भर्ट निर्माणको जिम्मा पाएको थियो । यी कम्पनीको मर्मत/निर्माण कामको प्रगति सन्तोषजनक नरहेको डिभिजनले जनाएको छ ।

कार्यप्रगतिमा सुधार नभएको सन्दर्भमा पटक–पटक मौखिक तथा लिखित निर्देशन दिइएकोमा पनि प्रगतिमा सुधार नभएको, पेस भएको कार्यतालिका बमोजिम काम नभएको समेत कार्यालयले जनाएको छ ।

कार्यालयले ३० दिनभित्र सम्पर्क राखी वित्तीय फरफारक गर्न अल्टिमेटम दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?