+
+
Shares

सुदूरपश्चिमबाट अम्बिका चलाउने कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

चलाउनेले तीन हजार ७५५ मत पाएकी छन् । उनी अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर पनि हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १८:१०

२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको सुदूरपश्चिम(महिला) क्लस्टरबाट अम्बिकाकुमारी चलाउने केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

केहीबेरअघि सम्पन्न मतगणनामा उनी सुदूरपश्चिम प्रदेश, महिलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

मतगणना स्थलमा रहेका स्रोतका अनुसार चलाउनेले तीन हजार ७५५ मत पाएकी छन् । उनी अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर पनि हुन् ।

चलाउनेकी निकटतम् प्रतिस्पर्धी सुशीला शाहीले एक हजार ६४२ मत प्राप्त गरेकी छन् । उनी कैलालीको लम्की–चुहा नगरपालिकाकी मेयर हुन् ।

सुदूरपश्चिम प्रदेश, महिलातर्फ चार जनाको उम्मेदवारी परेको थियो ।

तेस्रो भएकी खिना भण्डारीले ७७५ र चौथो भएकी टीकेश्वरीकुमारी हमालले ४९० मत पाएकी छन् ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?