+
+
Shares

कांग्रेसको विशेष बैठक बस्दै, गगन थापाले सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते ८:२६
फाइल तस्वीर

१५ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विशेष बैठक आज बस्दैछ ।

आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने भएको हो ।

पछिल्ला समसामयिक घटनाक्रमबारे सरकारलाई ध्यानाकर्षण गर्नका लागि कांग्रेसको विशेष बैठक बोलाएको एक पदाधिकारीले जानकारी दिए ।

उनका अनुसार, बैठकमा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति र महामन्त्री मात्रै सहभागी हुनेछन् ।

बैठकले सरकारलाई समसामयिक विषयमा ध्यानाकर्षण गराउने बताइएको छ ।

बैठक लगत्तै समसामयिक विषयमा पार्टी सभापति थापाले धारणा राख्नेछन् ।

सभापति थापाले धारणा राख्ने कार्यक्रममा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी हुने ती पदाधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?