+
+
Shares

देउवा समूहद्वारा नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा सुवोध प्रधान मनोनीत

देउवा समूहको ‘१५औं नियमित महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले प्रधानलाई संघको अध्यक्षमा मनोनीत गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते ११:२२

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा चितवनका सुवोध प्रधानलाई मनोनीत गरेको छ ।

देउवा समूहको ‘१५औं नियमित महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले प्रधानलाई संघको अध्यक्षमा मनोनीत गरेका हुन् ।

प्रधानलाई आगामी छ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने निर्देशनसहित प्रधानलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको संयोजक कोइरालाको सचिवालयले जनाएको छ ।

कराते तथा किक बक्सिङ खेलसँग आबद्ध प्रधान खेलकुद क्षेत्रको विकास र संगठनात्मक गतिविधिमा समेत सक्रिय छन् । संघको महासचिव रहिसकेका प्रधान देउवा समूहबाट कांग्रेसका महासमिति सदस्य रहेका छन् ।

देउवा समूहले यसअघि भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल र नेपाल दलित संघमा समानान्तर अध्यक्ष मनोनीत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?