२१ कात्तिक, गुल्मी । गुल्मीको पश्चिमी क्षेत्रमा पर्ने छल्दी, पनाह, निस्ती र बढीगाड खोलाका किनारमा रहेका उर्वर फाँटमा यतिबेला धानबाली लहलहाउँदो छ ।
खेतभरि पाकेर पहेँलपुर बनेको धानले यहाँको प्राकृतिक सौन्दर्य थप मनमोहक बनाएको छ ।
किसानले वर्षभरि गरेको मेहनत र परिश्रमको प्रतिफलका रूपमा धान भित्र्याउने चटारो सुरु हुन थालेको छ ।
उर्वर जमिन, सिँचाइको सम्भावना र खेतीयोग्य फाँटले पश्चिम गुल्मीको कृषि सम्भावना र पहिचानलाई समेत उजागर गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4