२१ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ रास्वपा गोरखा–काठमाडौं सम्पर्क विभागले आयोजना कार्यक्रमको बीचमा उठेर हिंडेका छन् ।
विभागले शनिबार काठमाडौंमा नयाँ बजारमा आयोजना गरेको कार्यक्रममा बक्ताको संख्या धेरै भएपछि गृहमन्त्री गुरुङ कार्यक्रमकोबीचमै उठेर हिंडेका हुन् ।
कार्यक्रम जारी रहदा गृहमन्त्री गुरुङ बाहिरिएपछि आयोजक अलमलमा पर्यो ।
उनले शुभकामना आदनप्रादन कार्यक्रम राखेपछि आफूलाई स्टेजमा मात्रै राखेर नहुने बताएका थिए ।
‘यो परम्परागत शैली छाड्नुपर्यो । यसरी त कसरी शुभकामना आदानप्रदान भयो,’ गुरुङले भनेका थिए, ‘हामी यहाँ सबै गोरखाका छौं । हामी त एक अर्कालाई भेटेर शुभकामना आदानप्रदान हुनपर्यो नि ।’
कार्यक्रमबाट बाहिरिएपछि बाहिर भने उहाले आफ्नो निर्वाचन क्षेत्र गोरखाको विकासबारे प्रतिक्रिया दिएका थिए । सो क्रममा गृहमन्त्री गुरुङले भौगोलिक विकटता र बाटो नभएका कारण हिमाली क्षेत्रका नागरिकले भोग्नुपरेको समस्या सरकारले समाधान गर्ने बताए ।
आगामी दिनमा सरकारले हिमाली तथा दुर्गम क्षेत्रको बाटो निर्माण र बजेट व्यवस्थापनमा विशेष ध्यान दिने उल्लेख गरे ।
देशका सवै स्थानमा नागरिकले भोग्नुपरेका समस्यालाई वर्तमान सरकारले केन्द्रमा रहेको उनले बताए ।
प्रतिक्रिया 4