+
+
Shares

लागूऔषध र झैझगडा कमी गराउनेबारे सुरक्षा निकायसँग सांसद खनालको छलफल

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २१ गते १८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद केपी खनालले कैलाली निर्वाचन क्षेत्रमा बढ्दो लागुऔषध सेवन, कुलत र झैझगडाबारे प्रहरी र जिल्ला प्रशासनसँग छलफल गरेका छन्।
  • उनले आफ्नो क्षेत्रमा सुरक्षाकर्मी कमी भएको भन्दै बजेट व्यवस्थापन गरेर इलाका प्रहरी कार्यालय बनाउन पहल गरेको बताए।
  • खनालले चाडपर्वको बेला हुनसक्ने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर अघि बढ्न प्रहरीलाई आग्रह गरेका छन्।

१२ कात्तिक, काठमाडौं । रास्वपा सांसद केपी खनालले आफ्नो निर्वाचन क्षत्रेको शान्ति सुरक्षाबारे प्रहरी र जिल्ला प्रशासनसँग छलफल गरेका छन् ।

निर्वाचन क्षेत्र कैलाली पुगेका उनले पूर्वी क्षेत्री लम्कीमा बढ्दै गएको आगूऔषध सेवन, कुलत र झैझगडा कमी गर्नका लागि प्रहरी नेतृत्व र प्रमुख जिल्ला अधिकारीसहितसँग छलफल गरेका हुन् ।

कम उमेरकै युवाहरू दुव्र्यसनीमा फस्दै जाने संख्या बढेपछि उनले सुरक्षा प्रशासनसँग कुरा गरेका हुन् ।

आफू निर्वाचित क्षेत्रमा सुरक्षाकर्मी कमी भएको भन्दै आफ्नै पहलमा बजेट व्यवस्थापन मिलाएर इलाका प्रहरी कार्यालय समेत बनाउन आफूले पहल गरेको सांसद खनालको भनाइ थियो ।

साथै, चाडपर्वको बेलामा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर अघि बढ्न पनि उनले प्रहरी समक्ष आग्रह गरेका छन् ।

आफ्नै उमेरका साथीभाइ कुलतमा फसेको र आफू सांसद हुँदा यसबारे केही कदम चाल्नुपर्ने सांसद खनालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?