२४ पुस काठमाडौं । सरकारले आगामी पााच वर्षमा देशको कूल ग्रार्हथ उत्पादन (जीडीपी) मा वित्तीय क्षेत्रको योगदान ८ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । वित्तीय क्षेत्र विकास रणनीतिको मस्यौदामा सरकारले जीडीपीमा वित्तीय क्षेत्रको योगदान अहिलेको भन्दा दोब्बर बढी बढाउने लक्ष्य राखेको हो ।
आर्थिक वर्ष २०७०/०७१ मा जीडीपीमा वित्तीय क्षेत्रको योगदान ३.८ प्रतिशत मात्रै छ ।
पछिल्लो समयमा वित्तीय क्षेत्रको उल्लेख्य विकास भएपनि त्यसले जीडीपीमा कम योगदान दिएको निस्कर्श निकाल्दै सरकारले यस्तो रणनीति तयार पारेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर गोपाल काफ्लेले अनलाइनखबरलाई बताए । उनी वित्तीय क्षेत्र विकास रणनीतिको प्राविधिक समितिका संयोजक हुन ।
उच्चस्तरीय वित्तीय क्षेत्र विकास समितिको संयोजक अर्थमन्त्री डा. रामशरण महत रहेका छन । उच्चस्तरीय समितिमा गभर्नर, अर्थसचिवलगायत सदस्य छन ।
‘बैंक वित्तीय संस्थाहरुबाट उत्पादनशील क्षेत्रमा कर्जा बढाउने लक्ष्य हो’ काफ्ले भने -त्यसैगरी पूर्वाधारको विकासका लागि सरकारले विदेशी लगानी भित्र्याउने वातावरण बनाउनेछ ।
उत्पादनशील क्षेत्रमा बैंकिङ क्षेत्रले हाल कूल कर्जा प्रवाहको १३ प्रतिशत कर्जा प्रवाह गरेको छ । यसलाई बढाएर ३० प्रतिशत पुर्याउने हो भने २०२० सम्ममा वित्तीय क्षेत्रले जीडीपीमा ८ प्रतिशत योगदान दिन संभव भएको उनले बताए ।
‘वित्तीय क्षेत्र विकासको साझेदार बन्नुपर्छ भन्ने हाम्रो बुझाई हो’ काफ्लेले भने । सरकारले दोस्रो चरणको आर्थिक सुधारका कार्यक्रम सञ्चालन गरिरहेको छ । वित्तीय क्षेत्रको विकास रणनीति दोस्रो चरणको आर्थिक सुधारको मूख्य चरण हो ।
प्रतिक्रिया 4