प्रदर्शन मिति तय नभैसकेको चलचित्र ‘हाउ फन्नी’को ‘यो के हो’ बोलको गीत सार्वजनिक गरिएको छ । पूर्व मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्माता रहेको यो चलचित्रलाई निलु डोल्मा शेर्पाले निर्देशन गरेकी हुन् ।
चलचित्रमा केकी अधिकारी, प्रियंका कार्की, दयाहाङ राई, अनुपविक्रम शाही, निशा अधिकारीको मुख्य भूमिका छ । कमेडी शैलीको जासुसीको कथामा तयार भएको यो चलचित्रको प्रदर्शन मिति तय नभएपनि प्रचार भने सुरु गरिएको छ ।
चलचित्रको ‘यो के हो’बोलको गीतमा केकी अधिकारी र अनुपविक्रम शाहीलाई फिचरिङ गरिएको छ । यो गीतमा मिलन अमात्य र दिपक लिम्बुको स्वर, सुरेश अधिकारीको संगीत, शान बस्न्यातको शब्द छ । चलचित्रमा रेनशा वान्तवा राइको कोरियोग्राफी, हरी हुमागाँइको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।