२२ भदौ, काठमाडौं । जनकपुरको भानुचोकमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा मधेसी मोर्चाका जिल्ला स्तरीय नेताहरु नै घाइते भएका छन् ।
जनकपुरमा स्थानीय प्रशासनले दिउँसो १ बजेबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो ।
आन्दोलन मधेसी मोर्चाले निषेधाज्ञा तोड्न जुलुस निकाल्यो । जुलस भानुचोकमा पुगेपछि प्रहरीले रोकेपछि झडप सुरु भएको थियो ।
झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा तमलोपा धनुषा अध्यक्ष परमेश्वर साह, सदभावनाका संजय सिंह, रुपनारायण मण्डलसहित १४ जना घाइते भएका छन् ।
अहिले पनि प्रहरी र आन्दोलनकारीबीच झडप भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4