आज सोमबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?
१. नेपालबारे भारतको अर्को बक्तब्य-हाम्रो सल्लाहलाई मानेको भए यति गम्भिर अबस्था आउने थिएन
नेपालस्थित आफ्ना राजदूतलाई दिल्ली बोलाएर दिनभर छलफल गरेको भारतीय बिदेश मन्त्रालयले सोमबार साँझ फेरि अर्को बक्तब्य जारी गरेर तराईमा भइरहेको आन्दोलन सुल्झाउन दबाब दिएको छ ।संविधान जारी भएपछि ‘नेपालको अबस्थाबारे’ भारतीय बिदेश मन्त्रालयले जारी गरेको यो दोस्रो बक्तब्य हो ।
२. पहाडेलाई गाली गर्दैमा मधेसवादी भईंदैन
सभासद लालबाबु यादवले कुराकानीको सुरुवातमै आफूलाई मधेसी नभन्न आग्रह गरे । ‘एउटा मधेसी सभासदका रुपमा… एउटा मधेसी बुद्धिजीवीका हैसियतले … मधेसको होनहार व्यक्ति भएको आधारमा…’ जस्ता विश्लेषण जोडेर प्रश्न सोधिएको उनलाई कत्ति पनि मन पर्दैन ।
३. उपेन्द्र यादवको चेतावनी : बन्दुकले दबाउन खोजे सिरियाको जस्तै हालत हुन्छ
तीनदलका नेताले संविधान जारी गरेर वार्तामा आउन आग्रह गरिरहेकै बेला सोमबार सप्तरीमा संविधान जलाउँदै मधेसी नेताहरुले शासकको हालत सिरिया वा लिबियाको जस्तै बनाइदिने चेतावनी दिएका छन् । मधेसवादी दलका नेताहरुले अब एकजुट भएर निर्णायक आन्दोलन गर्नुपर्ने बताउँदै आन्दोलन सँगसँगै लडाइँ पनि शुरु हुन सक्ने चेतावनी दिएका छन् ।
४. प्रचण्डले भारतलाई भने- हामी ‘यस मेन’ हुन चाहँदैनौं (भिडियोसहित)
नयाँ संविधान घोषणाको स्वागत गर्न सैनिक मञ्च टुँडिखेलमा सोमबार भएको आमसभामा प्रचण्डले भारतले खेलेको भूमिकाको कडा आलोचना गरे । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तुलानात्मकरुपमा नरम देखिए भने प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले चर्चा गर्न चाहेनन् ।
५. टुँडीखेलको सन्देश : आफ्नो अकर्मन्यता लुकाउन भारतलाई अर्ती
टुँडीखेलमा सोमबार प्रमुख तीन दलका नेताहरुले झाँकीसहितको ‘भव्य’ समारोह गरिरहेका बेला मोरङको बिराटनगर तनावग्रस्त बन्यो । तामझाम बढी नै भए पनि जनउपस्थिति एवं सन्देशको हिसाबले उतिसाह्रो प्रभावकारी नदेखिएको टुँडीखेलको सभामा मन्यव्य दिने क्रममा तीन शीर्षनेताले देशको समस्या समाधानका लागि कुनै नयाँ प्रस्ताव सार्वजनिक गर्न सकेनन् ।
६. ‘भारतीय दबावमा’ प्रधानमन्त्रीका सल्लाहकारको राजीनामा
संविधान घोषणा भएको भोलिपल्ट प्रधानमन्त्री सुशील कोइरालाका प्रेस सल्लाहकार प्रतीक प्रधानले ‘भारतीय दबावका कारण’ पदबाट राजीनामा दिएका छन् । प्रधानको राजीनामा प्रधानमन्त्रीले सोमबार नै स्वीकृत गरेका छन् ।
७. रमितका चार आमा, १२ दाई, १० दिदी
कुनै समय चर्चित तथा व्यस्त नायकमा गनिन्थे रमित ढुंगाना, तर एकाएक हराए । केहि वर्ष अमेरिकामा बरालिएर फर्केका छन् उनी । पछिल्लो तीन वर्षमा तीस बढी चलचित्र ‘रिजेक्ट’ गरेको उनी बताउछन् ।
८ मन्त्री बन्ने लाइनमा हुनुहुन्छ ? धारा २९८ पढ्नोस् !
नयाँ संविधान जारी भएपछि अब सरकार गठनको रस्साकस्सी सुरु हुँदैछ । भावी प्रधानमन्त्रीमा केपी शर्मा ओली लगभग पक्काजस्तै देखिएको छ । मन्त्रीको लाइनमा तीन दलका सभासद र गैरसभासदहरुको दौडधूप सुरु भइसकेको छ ।
९. भण्डारीको घर : जहाँ केपी र प्रचण्डको गठजोड भयो
वैशाख १२ को विनाशकारी भूकम्पले हल्लाएको मुटु ठाउँमा आउन नपाउँदै वैशाख महिनाको अन्तिम साताको एक दिन कोटेश्वर निवासी अर्जुन भण्डारीको मुटु ढुक्क फूल्यो ।नफूलोस् पनि किन ? नदीका दुई किनारा जस्ता मानिएका एमाले अध्यक्ष केपी ओली र एमाओवादी नेता डा.बाबुराम भट्टराई एकाएक उनको घरमा प्रवेश गरे ।
१०. अटो मेलामा ५ अर्बको सवारी बुकिङ, ६० हजारले अवलोकन गरे
राजधानीको भृकुटीमण्डपमा आयोजित सवारी साधनको कुम्भ मेला सोमबार सम्पन्न भएको छ । मेलामा करिव ५ अर्ब रुपैयाँ बराबरको सवारी साधन बुकिङ भएको बताइएको छ ।
र, यो पनि
दुनियाकै विचित्र गाउँ : जहाँ १२ वर्षमा ‘केटी’हरुको लिंग पलाउँछ अनि केटा बन्छन्
जन्मिँदा छोरी बनेर जन्मिएका चेलीहरु जब ११-१२ वर्ष उमेरका हुन्छन् तब आफै छोरा बन्दछन् । सुन्दैमा अपत्यारिलो, अनौठो तथा विचित्र लाग्ने यो कुनै कथाको कल्पना होइन, एउटा गाउँको वास्तविकता हो ।
प्रतिक्रिया 4