+
+

चिनियाँ राजदूतले बैद्य माओवादीको कार्यालयमा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १२ गते १८:०२

१२ असोज, काठमाडौ । नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइले नेपालको आन्तरिक समस्या आफैंले हल गर्नुपर्ने सुझाव दिएका छन् ।

mao-oifficeतराई आन्दोलनका कारण भारतले गरेको अघोषित नाकाबन्दीका कारण उत्पन्न मुलुकको विषम परिस्थितिबारे छलफल गर्न चुन्ताइ माओवादीको कार्यालय बुद्धनगर पुगेका थिए ।

दोभाषेलाई साथमा लिएर बुद्धनगर पुगेका चुन्ताईले सरकारले चाहेमा जस्तो सुकै सहयोग गर्न पनि आफूहरु तयार रहेको बताएको माओवादी सचिव देव गुरुङले बताए ।

प्रमुख तीन दलका कारणले नै समस्या उत्पन्न भएकाले त्यसका लागि मधेसवादी दलहरुसँग छलफल गरेर समस्या हल गर्नुपर्ने माओवादी सचिव गुरुङले बताए ।

भूकम्पका कारण अवरुद्ध उत्तरी नाका खोल्नुपर्नेबारेमा भने आफूहरुको कुनै छलफल नभएको गुरुङले अनलाइनखबरलाई जानकारी दिए ।

नियमित भेटघाट अन्तर्गत नै चिनियाँ राजदूतसँग भेटघाट भएको गुरुङले बताए । चिनियाँ राजदूत चुन्ताइसँगको भेटमा माओवादी अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा ‘बादल’ र सचिव देव गुरुङ लगायतका पदाधिकारीहरु सहभागी थिए ।

माओवादी विदेश विभागका इन्चार्जसमेत रहेका उपाध्यक्ष सीपी गजुरेल चुन्ताइसँगको भेटमा सहभागी थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?