+
+

रसुवागढी नाका असोज २८ गतेसम्ममा सञ्चालनमा ल्याउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २१ गते ११:४०

२१ असोज, रसुवा । नेपाल–चीनबीचको रसुवागढी नाका यही असोज २८ गतेसम्ममा सञ्चालनमा ल्याउने तयारी चिनियाँ पक्षले गरिरहेको छ ।भारतले नाकाबन्दी गरिरहेका बेला चीनीयाँ पक्षले यस्तो तयारी गरेको हो ।

नाका सञ्चालनका बारेमा बुधवार साँझ रसुवागढी भन्सार प्रमुख केदारप्रसाद पनेरु र जिल्ला प्रहरी प्रमुख अवदेश विष्ट तथा चिनियाँपक्षसित भएको वार्तामा चिनियाँपक्षले सो जानकारी दिएको भन्सार प्रमुख पनेरुले राससलाई जानकारी दिए ।

उनका अनुसार चिनियाँ पक्षले नेपालमा गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पुर्याएको रसुवागढी–केरुङबीचको सडक निर्माण मर्मत कार्य यही २६ गतेसम्म सम्पन्न गर्ने र यही २८ गतेदेखि नाका सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

प्रमुख पनेरुले नाका सञ्चालनका लागि नेपाली पक्षको पनि तयारी पुरा भएको जानकारी दिए । गत आर्थिक वर्ष २०७१ ÷७२ को बैशाखसम्ममा करिव ३० करोड बराबरको राजश्व सङ्कलन सो नाकाबाट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?